निर्माणाधीन पोखरा बहुमुखीकोे भवनलाई मारवाडी भोजनालायको १५ लाख

पाेखरा | साउन ९, २०७९

निर्माणाधीन पोखरा बहुमुखीकोे भवनलाई मारवाडी भोजनालायको १५ लाख

पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसलाई मारवाडी भोजनालयकातर्फबाट सञ्चालक प्रेमचन्द उपाध्यायले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । 

 

क्याम्पसले हाल शान्तिवनमा भवन निर्माण गरिरहेको छ । सोही भवन निर्माणमा थप टेवा पुगोस् भन्ने हेतुले बुवा सूर्यदेव उपाध्यायको स्मृतिमा उक्त रकम हस्तान्तरण गरेका हुन् । 

 

हस्तान्तरित रकम ग्रहण गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले सामुदायिक क्याम्पसको भवन निर्माण प्राप्त सहयोग अमूल्य रहेको बताए । लालचनले भने ‘उपाध्यायज्यूले प्रदान गरेको रकम आगामी दिनमा हाम्रा विद्यार्थीकालागि मारवाडी भोजनालयको मिठाईजस्तै स्वादिलो र पोषिलो हुनेछ ।’

 

उक्त अवसरमा सहयोगी उपाध्यायले सहयोग रकमबाट क्याम्पसले गूणस्तरीय र सबैकालागि शिक्षा प्रदान गर्न सकोस् भन्दै आफ्ना धारणा राखे । ‘शिक्षाभन्दा उत्तम र उपयोगी अन्य कुनै विधा छैन’ उपाध्यायले भने ‘पढे आफुमात्र हैन, देश बन्छ भन्ने बुवाको सोंच पुरा गर्न आफुले सानो सहयोग गरेको हुँ ।’ 

 

त्यस्तै, क्याम्पस प्रमुख शिशुकला पराजुलीले स्थापनाकालदेखि आफ्नै भवनमा पठनपाठन गर्ने सपना विपनातर्फ परिणत हुँदै गरेको धारणा राखिन् । प्रमुख पराजुलीले भनिन्, ‘आगामी शैक्षिकसत्रदेखि क्याम्पसको आफ्नै भवनबाट कक्षा सञ्चालन हुनेछ, हामी यसैको पूर्णतामा जुटेका छौं ।’

 

क्याम्पसमा बिहानी सत्रमा मानविकी र व्यवस्थापन संकायमा स्नातकतहको अध्यापन हुँदै आएको छ । क्याम्पस भवन सञ्चालनमा आउनेबित्तकै अन्य संकाय थपिने क्याम्पसले जनाएको छ । 

 

‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसमा हाल ४ सय हाराहारीमा विद्यार्थी छन् । 
 

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्